रियलमीको चौथो सर्भिस सेन्टर पोखरामा

दर्पण दैनिक २६ श्रावण २०८०,१६:२९
post

पोखरा । स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरुलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ।


रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘पोखरामा पनि हाम्रो आफ्नै सेवा केन्द्र स्थापना गर्न पाउँदा हामी अत्यन्तै उत्सहित छौं ।  नेपालभरी छरिएर रहनुभएका हाम्रा समस्त ग्राहकवर्गहरुलाई राम्रो स्तरको सेवाप्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुप हामीले पोखरामा चौँथो सेवा केन्द्र स्थापना गरेका छा । हामीलाई आशा छ यो सेवा केन्द्र मार्फत हाम्रा ग्राहकहरुले स्मार्टफोन सम्बन्धि हरेक समस्याहरुको सहज रुपमा समाधान पाउन सक्नुहुनेछ ।’

रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर, सक्षम जाटियाले भने, ‘हाम्रो निरन्तर रुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमी प्रतिको नेपाली ग्राहकहरुको विश्वासलाई झल्काएको छ । यो साथ र विश्वासको लागिहामी सम्पूर्ण नेपाली ग्राहकवर्गहरु प्रति आभारी छौं ।’

यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकहरुलाई राम्रो स्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाईमा पु¥याएकोछ । यस सेवा केन्द्रमा ग्राहकहरुले अत्याधुनिक प्राविधिक सहयोग र असली पार्ट–पुर्जाहरु लगयत सफ्टवेयर सम्बन्धि मर्मत सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ ।

त्यस्तै यस सेवा केन्द्रमा दक्ष र तालिम प्राप्त कर्मचारीहरु छन् । ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै फोनमा आईपर्न सक्ने कुनै पनि समस्याहरुको चुस्त र सहज रुपमा समाधान गर्ने उद्देश्यको साथ यस सेवा केन्द्रको स्थापना गरिएको कम्पनीले जनाएको छ ।

रियलमीले कममूल्यमा फ्ल्यागशिप स्तरका सुविधाहरू प्रदान गर्दै आएको छ जसका कारण यो ब्रान्ड नेपालमा चाँडै लोकप्रिय बन्न सफल भएको छ ।  

पोखराको चिप्लेढुङ्गास्थित मोबाईल टावरमाखोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुल्छ । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९