चौधरी फाउण्डेनले भुकम्प पीडितका लागि ‘ट्रान्जिसनल होम’ बनाउने, सहकार्य गर्न विनोद चौधरीको आव्हान

दर्पण दैनिक २२ कार्तिक २०८०,०६:४९
post


काठमाडौं । चौधरी फाउण्डेसनले तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहिन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय गरेको छ । भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर घरविहिन भूकम्प प्रभावितहरूलाई ओतमुनि पु¥याउने उसले बताएको छ । 

स्थानीय प्रशासन र पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिनेछन् । यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवश्यक पर्ने वित्तीय सहयोग फाउण्डेसनले गर्नेछ । स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्ने पनि जनाएको छ । यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने पनि फाउण्डेसनले जनाएको छ । 


फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले भने,‘भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको छ । उनीहरूको पीडामा मल्हम लगाउने काममा हामीले विलम्ब गर्नु हुदैन । यहि मर्मलाई आत्मसाथ गर्दै चौधरी फाउण्डेसनले तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहिन बनेकाहरुका लागि चिसोबाट जोगाउन छानोमुनि फर्काउने कामलाई पनि तिब्रता दिने निर्णय लिइएको छ ।’ 


फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीवीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको छ । उक्त सहमतिपछि मेयर वादीले भने,‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमा पु¥याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन चौधरी फाउण्डेसन आफै हाम्रो आँगनमा आइपुगेको छ । हामीवीच ‘ट्रान्जिसनल होम’ बनाउने सहमति भएको छ ।’
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: