
काठमाडौँ । नेपाल प्रहरीका ११ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसपीमा बढुवा सिफारिस गरेको हो ।
सिफारिस हुने एसपीहरूमा प्रकाश रानाभाट, कमल थापा, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, दीपक पाेखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, प्रविण धिताल र दयानिधी ज्ञवाली छन् ।
११ एसएसपीका लागि ३३ जना एसपी प्रतिस्पर्धामा थिए । सिनियर १३ मध्येबाट ११ जना बढुवा सिफारिसमा परेका गृह मन्त्रालय स्राेतले जनाएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google