
काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले कागती निचोरेर कर लिने नीति आफूले नलिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री महतले अर्थतन्त्र विस्तार गरेर कर बढाउने नीति बजेटले लिएको बताए । सरकारले आगामी वर्ष १४ खर्ब २२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । बजेटमा टिप्पणी गर्दै सांसदहरुले यो उठाउन सम्भव नभएको बताएका थिए । अर्थमन्त्रीले भने लक्ष्य लिएअनुसारको राजस्व उठाउन कठिन भए पनि असम्भव नभएको दाबी गरे ।
'माननीयज्यूहरुले भनेअनुसारको राजस्व उठाउन कठिन छ, उठाउन असम्भव भन्ने होइन,' महतले भने, 'हामीले पुँजीगत खर्च बढाउने कार्ययोजना बनाएका छौँ, त्यो कार्ययोजना अगाडि बढेमा राजस्व उठाउन कठिन छैन ।'
ऋण तिर्नको लागि बढी रकम खर्च हुने हुँदा विकास खर्चको लागि कम रकम विनियोजन गर्नुपरेको महतले बताए । तर, केही चालु खर्चमा समेत विकास खर्च हुने हुँदा आगामी वर्ष चार खर्ब ७१ अर्ब रुपैयाँ विकास खर्चको लागि विनियोजन गरेको महतले जानकारी दिए ।





















































































.jpg)





















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google