काठमाडाैं । अब कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ ।
हालसम्म यो सेवा लिनका लागि बचतकर्ता स्वयम् बैंकमा उपस्थित हुनुपर्ने अवस्था थियो भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्त्वलाई मध्यनजर गर्दै अब यस्तो कर्जा घरमा बसेरै लिन सकिने व्यवस्था गरेको छ ।
मोबाइल बैंकिङ एपद्वारा कर्जा लिँदा ब्याजदरमा ०.२५ प्रतिशत छुट पनि दिइएको छ भने यस्तो प्रकारको कर्जा लिन कुनै पनि कागजी प्रक्रियाको झन्झट पनि नहुने भएको छ । मोबाइल बैंकिङ एपमार्फत यो सेवा चौबिसै घण्टा उपलब्ध रहने बैंकले जनाएको छ ।
यो सेवामा आवश्यक परेको अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्दती निक्षेपलाई रद्द नगरी, मोबाइल बैंकिङ एपमार्फत सामान्य केही क्लिकहरू गरेकै आधारमा आफ्नो बैंक खातामा तुरुन्तै कर्जा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ । कुमारी बैंकले पछिल्लो समय यस प्रकारका धेरै डिजिटल सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा कार्यालय, ३१५ वटा एटीएम, ५० वटा एक्सटेन्सन काउन्टर र ६५ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google