
काठमाडौं । होन्डाले नयाँ डियो–१२५ को लागि बुकिङ खुलाएको छ । होन्डाको यो स्कुटर नेपाली बजारको प्रतिक्षित स्कुटर हो । नेपाली बजारमा होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले जम्मा दुई लाख ९९ हजार नौ सय रूपैयाँमा ’अल–न्यू स्मार्ट डियो १२५’ को बुकिङ खुला गरेको हो ।
कम्पनीका अनुसार सो मूल्य ड्रम ब्रेक विकल्पमा रहेको नयाँ डियो १२५ को मूल्य हो। त्यस्तै डिस्क ब्रेक भएको नयाँ डियो १२५ को मूल्य भने तीन लाख ९ हजार नौ सय रूपैयाँ तोकिएको छ । नयाँ होन्डा डियो १२५ को बाहिरी आवरण निकै सानदार छ। यसमा स्प्लिट एलइडी पोजिसन हेडल्याम्प पाउन सकिन्छ भने स्पोर्टी टेल लाइट दिइएको छ। यसमा इन्धन ट्याकंको लिड सिटभित्र नभई बाहिरै हुनेछ। यसमा ५.३ लिटरको इन्धन ट्याकं छ । नयाँ डियो १२५ बोल्ड ग्राफिक्स र डुअल–टोन रंग विकल्पमा उपलब्ध हुनेछ । स्कुटरमा पर्याप्त डिकी स्पेस दिइएको छ । यसमा १८ लिटरको डिकी स्पेस छ। सामग्री राख्न अगाडि भागमा पनि ग्लोबबक्स दिइएको छ ।
स्कुटरमा स्मार्ट डिजिटल मिटर दिइएको छ । त्यस्तै स्ट्यान्ड साइड इन्जिन कट–अप फिचर पनि छ । जसले गर्दा स्ट्यान्ड खोलेको समय स्कुटरको इन्जिन आफै बन्द हुन्छ । १२३.९२ सिसी डिस्प्लेसमेन्ट क्षमता भएको नयाँ डियो १२५ ले ६,२५० आरपिएममा ६.०९ किलोवाट पावर र ५,००० आरपिएममा १०.४ एनएम टर्क जेनेरेट गर्छ । स्कुटरको कुल तौल १०४ केजी छ । यसमा १७१ एमएम ग्राउन्ड क्लेरेन्स र १२६० एमएम ह्विलबेस पाउन सकिन्छ ।
कम्पनीले यो नयाँ स्कुटर गत भदौमा भएको ‘नाडा अटो शो २०२३’ मा छिट्टै नेपाली बजार भित्र्याउने बताउँदै यसको लागि बुकिङ समेत खुलाएको थियो। तर अधिक मात्रामा बुकिङ हुन थालेपछि कम्पनीले केही समयको लागि बुकिङ रोकेको थियो। मंगलबारबाट भने कम्पनीले पुनः बुकिङ सुरू गरेको हो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google