एक दशकमा मनसुनजन्य विपद्बाट ३ हजारभन्दा बढीको मृत्यु, पहिरो सबैभन्दा घातक

दर्पण दैनिक १२ जेष्ठ २०८३,०८:४०
post

काठमाडौँ । नेपालमा विगत एक दशक (वि.सं. २०७३ देखि २०८२ सम्म) मा मनसुनजन्य विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन पोर्टलको तथ्याङ्क अनुसार यस अवधिमा बाढी, पहिरो, भारी वर्षा र चट्याङ जस्ता प्राकृतिक प्रकोपका कारण ३ हजार ७४ जनाको मृत्यु भएको हाे । मनसुनजन्य विपद्बाट ५०२ जना अझै बेपत्ता छन् । 

विगत १० वर्षमा घटेका कुल १३ हजार १६७ वटा मनसुनजन्य विपद्का घटनामा ४ हजार ७६९ जना घाइते भएका छन्, भने ३३ हजार १९८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । पहिरोबाट सबैभन्दा बढी मानवीय क्षतिप्राप्त तथ्याङ्क अनुसार मनसुनको समयमा आउने पहिरो नेपालीका लागि सबैभन्दा घातक बनेको छ । 

विगत १० वर्षमा पहिरोका मात्रै ५ हजार ३२ वटा घटना दर्ता भएका छन्, जसमा परेर १ हजार ४८३ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी २३२ जना बेपत्ता र १ हजार ३४७ जना घाइते भएका छन् । 

पहिरोले ५ हजार ९७३ घरमा क्षति पुर्‍याएको छ, भने ७ हजार १४ वटा पशुचौपाया नष्ट भएका छन्।बाढी र चट्याङको कहरयसै गरी, दशकभरमा बाढीका २ हजार ३५८ वटा घटना भएका छन् । बाढीका कारण ६७८ जनाको मृत्यु भएको छ भने सबैभन्दा बढी २६९ जना बेपत्ता भएका छन् । 

 

बाढीका कारण मात्रै २३ हजार ८०५ घरपरिवार प्रभावित भएका छन्, जुन अन्य विपद्को तुलनामा सबैभन्दा उच्च हो । चट्याङका कारण पनि मानवीय क्षति कम छैन । १० वर्षमा ३ हजार १२४ वटा चट्याङका घटनामा ८०५ जनाको मृत्यु भएको छ, भने २ हजार ८८३ जना घाइते भएका छन् । चट्याङबाट ५ हजार ९१० पशुचौपायाको क्षति भएको छ।

प्रतिवेदन अनुसार १० वर्षमा ९ हजार ८२२ वटा घर पूर्ण वा आंशिक रूपमा क्षति भएका छन्, भने १६ हजार ६०१ वटा पशुचौपायाको मृत्यु भएको छ । भारी वर्षाका कारण मात्रै २ हजार ६४३ घटनामा १०८ जनाको मृत्यु भएको छ । १ हजार ५१७ घरमा क्षति पुगेको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण छोटो समयमा अत्यधिक वर्षा हुने र मनसुनको समय लम्बिने प्रवृत्तिका कारण वर्षेनी विपद्को जोखिम र क्षति बढ्दै गएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११
post

लागुऔषधसहित ५ जना पक्राउ

७ चैत्र २०८२,२०:०१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: