२७औँ वर्षमा एनआईसी एसिया बैंक, मुलुकभर ३६० शाखा कार्यालय

दर्पण दैनिक ६ श्रावण २०८१,११:२९
post

काठमाडौँ । एनआईसी एसिया बैंक २७औँ वर्षमा प्रवेश गरेको छ । सन् १९९८ मा स्थापित बैंकले बैंकिङ सेवाको २६ वर्ष पूरा गरेको हो ।  

‘हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २७औँ वर्ष प्रवेश गरेका छौँ’, बैंकले भनेको छ, ‘यस दौरानमा हामीप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको 'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' बन्न अतुलनीय योगदान दिनुहुने हाम्रा समस्त ग्राहकवर्ग, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।’ 

नेपालको वित्तीय क्षेत्रमा आजको दिनसम्म आइपुग्दा बैंकले प्राप्त गरेको सफलताको श्रेय एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई दिएको छ ।  ‘आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ’, बैंकले भनेको छ, ‘साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौँ ।’


स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालबाट लाखौँ ग्राहकलाई सेवा प्रदान गरेको बैंकले जनाएको छ ।  फलस्वरुप देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकको दाबी छ । 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुना कुनामा पुर्‍याउन समेत सफल भएको बैंकले उल्लेख गरेको छ । 

स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै २ अर्ब ८९ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाएको पनि बैंकले जनाएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: