काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा १६ वटा निकायको बेरुजु शून्य भएको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनअनुसार राष्ट्रपतिको कार्यालयसहित १६ वटा निकायको बेरुजु शून्य देखिएको छ ।
प्रतिवेदनअनुसार गत वर्षको लेखापरीक्षणबाट राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रदेश प्रमुखको कार्यालय कर्णाली र सुदूरपश्चिम प्रदेश, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयमा बेरुजु शून्य रहेको छ ।
यस्तै संवैधानिक निकायमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षणको कार्यालय, लोक सेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्मिक आयोग बेरुजुविहीन छन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ५२ को उपनियम ४ ले म्याद ननाघेको पेस्की रकमलाई बेरुजु नमानिने उल्लेख छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google