
काठमाडाैँ । कुमारी बैंकले यूसएडको साझेदारी र काठमाडौंको गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा 'देशैभरि वर्षैभरि' नाराका साथ गोकर्णेश्वर नगरपालिमा उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नगरका महिला उद्यमीहरूका लागि उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रुपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास कुमारी बैंकको छ । बैैंकले उक्त अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रसारण गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)


















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google