वाणिज्य बैंकहरूको नाफा घट्यो, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमाए सबैभन्दा धेरै

दर्पण दैनिक ९ आश्विन २०८०,०९:०८
post

काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । गत वर्षको साउनको तुलनामा चालु आवको साउनमा बैंकहरूको नाफा झन्डै ६ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो महिना (साउन)मा वाणिज्य बैंकहरूले कुल ८ अर्ब ५२ करोड नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५.६७ प्रतिशत कम हो । गत वर्ष साउनमा वाणिज्य बैंकहरूले कुल ९ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएका थिए ।

अर्थतन्त्रमा आएको संकुचन र महँगो ब्याजका कारण कर्जा विस्तार गर्न नसक्दा नाफामा गिरावट आएको हो । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहे पनि कर्जाको माग नहुँदा बैंकहरूले व्यवसाय विस्तार गर्न सकेका छैनन् ।

साथै, निक्षेपको ब्याज महँगो हुँदा लागत बढेकाले बैंकहरूको नाफा प्रभावित बनेको हो । बैंकहरूले महँगो ब्याजमा निक्षेप थुपारे पनि ऋण लगानी गर्न नसक्दा पैसा बैंकमै थुप्रिएर बसेको छ । महँगीका कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा कर्जाको माग पनि बढेको छैन । त्यस्तै, प्रणालीमा अधिक तरलता थुप्रिँदा पनि ब्याज नघटेकाले ऋणको माग बढ्न सकेको छैन । अहिले पनि कर्जाको ब्याजदर १५ प्रतिशत हाराहारीसम्म रहेकाले ऋण लिएर व्यवसाय गर्न सक्ने अवस्था नरहेको व्यवसायी बताउँदै आएका छन् ।

यद्यपि, पछिल्लो समय अन्य क्षेत्रमा कर्जाको माग नभए पनि अटो कर्जाको भने माग बढ्न थालेको छ । त्यसैलाई मध्येनजर गर्दै बैंकहरूले पनि सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेका छन् । 

चालु आवको पहिलो महिनामा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार साउनमा उक्त बैंकले ९९ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । 

दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । हिमालयन बैंकले ६३ करोड रुपैयाँ नाफा आर्जन गर्दा कुमारी बैंकले ५७ करोड रुपैयाँ कमाएको छ । 

सबैभन्दा कम नाफा कमाउनेमा नबिल बैंक रहेको छ । गत वर्ष सर्वाधिक नाफा कमाएको बैंकले चालु वर्षको पहिलो महिनामा ७ करोड रुपैयाँ आर्जन गरेको छ । 

एसबीआई १६ करोड, माछापुच्छ्रे बैंक १८ करोड रुपैयाँ, सिटिजन २४, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड २५/२५, सिद्धार्थ बैंकले २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । त्यसैगरी, कृषि विकास ३३, नेपाल ३६, एनएमबी र एनआइसी एसिया ३८/३८, लक्ष्मी सनराइज ४१, प्राइम ४२ र राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्यांकले देखाएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: