काठमाडौं । साझा यातायातले चीनबाट खरिद गरी ल्याएका ४० वटा विद्युतीय बसमध्ये सोमबारदेखि थप तीन वटा बसले सेवा सुरु गरेका छन् । गत असारमा तीन वटा विद्युतीय बसको सफल परीक्षणपछि बाँकी ३७ बस भित्र्याइएको हो । चार्जिङ स्टेशनको अभावमा साझा यातायातका ४० मध्ये ६ वटा विद्युतीय बसमात्र सञ्चालित छन् । ३४ वटा विद्युतीय बस अझै थन्किएर बसेका छन् । साझा यातायातका महाप्रवन्धक महेन्द्रराज पाण्डेयका अनुसार बाँकी बस क्रमैसँग सञ्चालन गर्दै जाने लक्ष्य छ ।
तीन वटा विद्युतीय बसको सफल परीक्षणपछि दोस्रो चरणमा ल्याइएका ३७ बसमध्ये तीन वटा बसले सोमबारदेखि सेवा सुरु गरेको उनले जानकारी दिए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एक कार्यक्रमका बीच पाटनढोका–रत्नपार्क–गौशाला–बौद्ध हुँदै जोरपाटीसम्म चल्ने गरी विद्युतीय बसको नयाँ रुटको सेवा उद्घाटन गरेका हुन् । सो रुटमा १५ वटा बस सञ्चालन गर्ने लक्ष्य रहेको महाप्रवन्धक पाण्डेयले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार सोमबार तीन वटा बसले आवश्यक प्रक्रिया पूरा गरी सेवा सुरु गरेका छन् । बाँकी १२ वटा बसको रुट परमिट लगायतका प्रक्रिया पूरा गरी उक्त रुटमा जम्मा १५ वटा विद्युतीय बसले दैनिक सेवा दिनेछन् । बाँकी बस भने उपत्यकाका अन्य रुटमा सञ्चालन गर्ने योजना रहेको उनले बताए । तर यसका लागि चार्जिङ स्टेशनकै समस्या मुख्य रुपमा देखिएको उनको भनाइ छ ।
‘रुट परमिट लगायतका प्रक्रिया पूरा गर्न एक साताको समय पर्याप्त हुन्छ,’ महाप्रवन्धक पाण्डेयले भने, ‘तर चीनबाट ल्याइएका सबै विद्युतीय बसलाई एक साथ सञ्चालन गर्नका लागि हामीसँग पर्याप्त चार्जिङ स्टेशन छैन । त्यसैले उपलब्धताका आधारमा हामी क्रमैसँग ती बस सञ्चालन गर्दै जाने योजना अनुसार अघि बढेका छौं ।’
साझा यातायातले चीनको सीएचटीसी कम्पनीबाट निर्मित ब्याट्रीबाट चल्ने ४० वटा बस सार्वजनिक खरिद ऐन अन्तर्गत ल्याएको हो । २०७६ असार ३० मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले बिजुलीबाट चल्ने सार्वजनिक यातायातको प्रोत्साहन गर्न साझा यातायात सहकारी संस्था लिमिटेडमा ३ अर्ब रुपैयाँ लगानी गरेको थियो । साझा यातायातको सञ्चालक समितिले नयाँ प्रविधि भएकाले एकैचोटी नभई तीन पटक गरी बस खरिद गर्ने निर्णय गरेको थियो । जसअनुसार पहिलो लटमा ४० (परीक्षणका लागि सुरुमा तीन वटा र पछि ३७) वटा बस आएको साझा यातायातले जनाएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)














































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google