गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू

दर्पण दैनिक १८ कार्तिक २०८१,१८:३६
post

भैरहवा । थाइल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले एयरबस ए–३२० बाट भैरहवामा परीक्षण उडान गरेको छ । लामो समयदेखि प्रतिक्षरत भैरहवास्थित गौतमबुद्व विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु भएपछि स्थानीय उत्साहित छन् ।

कात्तिक २३ गतेदेखि नियमित हप्ताको २ वटा व्यवसायिक उडान गर्ने कम्पनीले जनाएको छ । आइतबार बिहान ७ बजे चालक दलका सात सदस्यसहित थाइको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

हप्तामा २ उडान गर्ने तालिका तय भएपछि परीक्षणका लागि विमान भैरहवा आएको हो । विमानलाई भैरहवामा वाटर स्यालुटसहित स्वागत गरिएको थियो ।

केहीबेरको बसाईपछि विमान बिहान ७:४० बजे भैरहवाबाटै बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

‘यो तालिका अनुसारकै फ्लाइट हो । अर्को उडान अब कात्तिक २३ गते शुक्रबार हुने छ । त्यसपछि हप्ताको दुई उडान गर्ने छ’, उनले भने, ‘कात्तिक २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गतेदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो १२:१५ यहाँ अवतरण गरेर एक घण्टापछि बैंककका लागि उडान भर्नेछ ।’

थाइ एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।

भैरहवा विमानस्थलबाट उडान गर्न केही दिनअघि मात्रै थाइले‍ अनुमति पाएको थियो । थाइ एयर एसियाले भैरहवाबाट उडान गर्ने प्रतिबद्धतासँगै काठमाडौंमा पुनः उडान सुरु गर्न अनुमति पाएको छ । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुआती भाडादर १२ हजार छ ।

यहाँबाट संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले पनि उडान गर्न लागेका छन् । फ्लाई दुबईले नोभेम्बर ९ तारिखबाट दैनिक र कुवेतको जजिरा एयरवेजले नोभेम्बर १० तारिखबाट सातामा तीन उडान गर्न लागेका छन् ।

सूचना अधिकारी राउतका अनुसार फलाई दुबई दैनिक १ : ४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने छ। उक्त जहाज यहाँबाट २ : ४५ बजे काठमाडौं हुँदै दुबई जानेछ ।

यसअघि पनि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीबार र शनिवार बिहान ७ : ३० बजे भैरहवामा अवतरण गर्नेछ । त्यसपछि ८ : ३० बजे कुवेतका लागि प्रस्थान गर्ने तालिका छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: