इमेज बचत तथा ऋण सहकारी बागलुङका तीन जना पक्राउ, मेयर देवकुमार नेपाली अझैं फरार

दर्पण दैनिक १३ असार २०८०,१०:०५
post

गण्डकी । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी बागलुङका तीन जना प्रक्राउ परेका छन् । प्रहरीका अनुसार अहिलेसम्म इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसान, सञ्चालक चित्र बहादुर भण्डारी र कर्मचारी लालमति रोका पक्राउ परेका हुन् । प्रबन्धक शक्ति किसानलाई सोमबार दिउँसो बागलुङ नगरपालिका २ हल्लन चोकमा रहेको इमेज सहकारीको कार्यालयबाट पक्राउ गरिएको हो भने, सञ्चालक चित्र बहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट पक्राउ गरएिको बाग्लुङ प्रहरीले जनाएको छ ।

सञ्चालक, प्रबन्धक र कर्मचारी पक्राउ परेपनि अध्यक्ष तथा ढोरपाटनका मेयर नेपाली भने अझैं फरार छन् । नेपाली परिवारसहित जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएको बताइएको छ ।

नेकपा एमालेबाट ढोरपाटन नगरपालिकाका मेयर जितेका देवकुमार नेपालीले पनि दुई वटा छुट्टाछुट्टै सहकारीमा सर्वसाधारणको दुई अर्ब रकम अपचलन गरेर फरार छन् । पोखरा र बागलुङमा कार्यालय रहेको ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ मा रहेको सर्वसाधारणको दुई अर्ब निक्षेप अपचलन गरेको आरोप लागेको छ ।

पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा दुई वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको दुई अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ । बागलुङमा मात्रै सहकारीले आठ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ बचत रहेको देखिएको छ । सो सहकारीको बागलुङ बुर्तिवाङ र गलकोटमा सेवा केन्द्र सञ्चालनमा छ । 

इमेज बचत तथा ऋण सहकारी विरुद्ध जिल्ला प्रहरी बाग्लुङमा जाहेरी दर्ता भइरहेको छन् । जिल्ला प्रहरी बाग्लुङले जेठ ३१ गते जाहेरी दिन अनुरोध गरेको थियो । अन्य सञ्चालकको खोजी भइरहको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: