सरकारले भ्याट नीतिमा हेरफेर गर्ने

दर्पण दैनिक १३ जेष्ठ २०८०,०८:०५
post

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०।८१ को बजेटमार्फत् मुल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नीति हेरफेर गर्ने भएको छ ।  हाल भ्याट छुट पाइरहेका १३ समूहका विभिन्न बस्तुमा भ्याट लगाउने गरी अर्थ मन्त्रायलले काम गरेको थियो । अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई हाल छुट पाइरहेका के कस्ता वस्तुमा भ्याट लगाउनु पर्छ भन्ने विषयमा अध्ययन गर्दै प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि ति निकायले अर्थलाई प्रतिवेदन बुझाइसकेका छन् ।  अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एशियाली विकास बैंकले पनि यसमा प्रश्न उठाउँदै आएको छ । 

सरकारले २०५४ सालदेखि बजारमा बिक्री हुने बस्तु तथा सेवामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउन सुरु गरेको थियो । भ्याट सम्बन्धी नीति कार्यान्वयन हुँदा सरकारले कृषिजन्य उत्पादन, शिक्षा, स्वास्थ्य यातायात जस्ता अत्यावश्यक सेवाहरुमा भ्याट नलाग्ने कानुनी व्यवस्था गरेको थियो । यी सेवाहरुमा १३ प्रतिशत भ्याट लगाउँदा उपभोक्ता मूल्य बढ्ने भन्दै सरकारले भ्याट छुट दिएको थियो । तर, पछिल्लो समय सरकारले भ्याट छुट पाउने बस्तुको संख्या निरन्तर बढाउँदै लगेको छ । 

हाल सरकारले १३ समुहका विभिन्न बस्तुमा भ्याट छुट दिएको छ । समूह १ मा आधारभूत कृषि उत्पादनहरु पर्छन् । कृषि उत्पादनमा दाल, चामल, तरकारी, फलफूल लगायतका बस्तुहरु पर्छन् । भ्याट छुट भएकामा सामान नेपालमा उत्पादन गर्दा वा आयात गर्दा १३ प्रतिशत मुल्य अभिवृद्धि कर तिर्नु पर्दैन । समूह २ मा आधारभूत आवश्यकताका बस्तुहरु छन् । आधारभुत आवश्यकतामा समूहमा नुन, विद्युत उत्पादन, वितरण र प्रसारण, मट्टीतेल, धारा तथा ट्यांकरबाट खुलारुपमा आपूर्ति हुने पिउने पानी लगायतका सामानहरु पर्छन् ।

समूह ३ मा मा पर्ने जीवजन्तु तथा सोको उपजमा पनि भ्याट छुट दिइएको छ । नश्ल सुधारका लागि विशुद्ध नश्लका जीवित चौपाया, ५० केजी वा सो भन्दा बढी वजन भएको जीवित भेडा, बाख्रा, जीवित कुखुरा हाँस, टर्की र गिनी फाउल, माछा लगायतका सामानहरु जीवजन्तु तथा सोको उपजमा पर्छन्  । समूह ४ मा रहेका कृषि सामग्रीहरुले पनि भ्याट छुट पाएका छन् । त्यसमा रसायनिक मल, बालीनालमिा प्रयोग हुने कीटनाशक पदार्थहरु, मुसानाशक उत्पादन, १८ किलोवाटसम्मको स्पार्क इग्निसन इन्टरनल कम्बसन पिष्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर लगायत पर्छन् । समूह ५ का औषधी उपचार तथा स्वास्थ्य सेवा, समूह ६ को शिक्षा, समूह ७ को किताब अखबार तथा मुद्रित सामाग्रीहरु, समूह ८ को कलात्मक र कालीगढी सेवा, समुह ९ को यात्रुबाहक यातायात तथा ढुवानी सेवाहरु र समूह १० को व्यावसायिक वा पेशागत सेवाले पनि भ्याट छुट पाएका छन् ।

समूह ११ को अन्य बस्तु तथा सेवा अन्तर्गत ४४० प्रकारमा विभिन्न समानमा मुल्य अभिवृद्धि कर छुट दिइएको छ । अन्य बस्तु तथा सेवामा बैंक नोटहरु, राहदानीहरु, अन्तःशुल्क टिकट, चेक फर्म÷चेकबुक, स्टक शेयर वा वण्ड प्रमाणपत्र, साडी, लुंगी, धोती, प्राकृतिक मोतिहरु, हवाईजहाजको इञ्जिन , पानी छान्न वा प्रशोधन गर्न प्रयोग हुने उपकरण, ट्रेकिङ तथा टुर प्याकेज सम्बन्धी सेवा, बैज्ञानिक प्रयोगशालालाई आवश्यक पर्ने सामानहरु, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट दिने सेवा, वित्तीय सेवा, जीवन बीमा सेवा, दुर्घटना बीमा, स्वास्थ्य बीमा लगायतका बीमा, धितोपत्र व्यवसाय, धितोपत्र तथा कमोडिटी दलाल व्यवसाय, शीत भण्डारले उपलब्ध गराउने कृषि पैदावार सेवा, हुलाक सेवा लगायत पर्छन् । यस्तै, समूह १२ को भवन तथा जग्गा र समूह १३ को बाजी, क्यासिनो र चिठ्ठा पनि भ्याट छुट पाउने समूहमा पर्छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: