काठमाडौं । सेल्सबेरी आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । सेलबेज गुप्रले २०७० सालदेखि सेल्सबेरी व्राण्डबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।
हालसम्म सेल्सबेरीका २९ वटा शाखा विस्तार भइसकेका छन् । जसमध्ये पाँच वटा सुपर स्टार, १० वटा प्रिमियम स्टारका साथै १४ वटा एक्सप्रेस स्टार रहेका छन् ।
गुणस्तरीय सामान, उत्कृष्ट ग्राहक सेवा र सुपथ मूल्य सधैं सेल्सबेरीको प्राथमिकतामा रहने कम्पनीले जानकारी दिएको छ ।
पोखरामा थप दुई वटा तथा काठमाडौंमा चार वटा शाखा विस्तारका तयारी गरिरहेको कम्पनीले जनाएको छ ।
यस अवसरमा कम्पनीले विभिन्न छुटका योजनाहरूसमेत सार्वजनिक गरेको छ । सेल्सबेरीका अनुसार फागुन ३ गतेदेखि सुरू भएको यो वार्षिकोत्सवका विशेष अफर फागुन २० गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।