रियलमीले सार्वजनिक गर्याे दुई नयाँ फोन, यस्तो छ मूल्य र फिचर

दर्पण दैनिक १९ जेष्ठ २०८०,१६:५३
post

काठमाडौं । रियलमीले नेपालमा आफ्ना दुई नयाँ फोन सार्वजनिक गरेको छ । शुक्रबार कम्पनीले काठमाडौंमा एक कार्यक्रममार्फत रियलमी नार्जो एन५५ र नार्जो एन५३ फोन सार्वजनिक गरेको हो । 

दुवै फोन ४ जीबी र्‍याम ६४ जीबी स्टोरेज र ६ जीबी र्‍याम १२८ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छन् । दुवै फोनमा २ टेराबाइटसम्म स्टोरेज थप्न सकिन्छ। 


कुन फोन कस्तो ?

यस फोनमा ५० प्रतिशत चार्ज २९ मिनेट र फुल चार्ज ६९ मिनेटमा हुने कम्पनीको दाबी छ । नार्जाे एन५५ फोन प्राइम ब्लु र प्राइम ब्ल्याक रङमा उपलब्ध छ । फोनका पछाडि दुई वटा रिङ रहेको छ भने छेउमा फ्लास छ ।

७.८९ एमएम मोटाइ भएको नार्जाे एन५५ मा यूएसबी सी पोर्ट, माइक र ३.५ एमएमको हेडफोन पोर्ट छ । बायाँतिर सिम कार्ड ट्रेमा दुई सीम कार्ड र एसडी कार्ड राख्न सकिन्छ । दायाँतिर आवाज बढाउने घटाउने बटन र फिङ्गर सेन्सरसहितको पावर बटन छ ।

फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.७२ इन्चको एफएचडी प्लस आईपीएस एलसीडी डिस्प्ले छ । जसमा १८० हर्जको सेम्पिलिङ रेट र एक करोड ६७ लाख रङ देखाउनसक्ने क्षमता छ । मिडियाटेक हेलियो जी८८ चीपसेट रहेको फोनमा  १२ एनएमको प्रोसेस नोड छ भने २ गिजाहर्ज पावर रहेको छ । ग्राफिक्सका लागि माली जी–५२ जीपीयु रहेको छ ।


क्यामेरा, स्टोरेज र ब्याट्री

नार्जाे एन५५को पछाडि मा ६४ मेगापिक्सलको मेन सेन्सर र २ मेगापिक्सको डिप्थ्थ सेन्सर क्यामेरा रहेको छ ।  यस्तै, सेल्फीका लागि ८ मेगापिक्सलको सेल्फी क्यामेरा छ ।  पछाडिको क्यामेराले १०८० पी र ६० फ्रेम प्रतिसेकेन्डको भिडियो खिच्न सक्छ भने अगाडिको सेल्फि क्यामेराले १०८० पी र ३० फ्रेम प्रति सेकेण्डको भिडियो खिच्न सक्छ । फोनमा ५००० एमएएचको ब्याट्री रहेको छ भने ३३ वाटको सुपरभोक चार्जिङ रहेको छ । रियमल युआई ४.० एडिसन रहेको एन५५ एन्ड्रोइड १३ मा आधारित छ ।

रियलमी नार्जाे एन५५ को ४ जीबी र्‍याम, ६४ जीबी स्टोरेजको भेरियन्टको मूल्य  २०,४९९ तोकिएको छ । यस्तै, रियलमी नार्जाे एन५५ को ६ जीबी र्‍याम, १२८ जीबी स्टोरेजको भेरियन्टको मूल्य २४, ४९९तोकिएको छ ।


नार्जाे एन५३

यस फोनमा ५० प्रतिशत चार्ज ३१ मिनेट र फुल चार्ज ८८ मिनेटमा हुने कम्पनीको दाबी छ । 

नार्जाे एन५३ फोन कालो र सुनौलो रङमा उपलब्ध छ । पछाडि तीनवटा रिङ रहेको फोनमा दुई वटामा क्यामेरा र एउटामा फ्लास रहेको छ ।

७.४९ एमएम मोटाइ भएको नार्जाे एन५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्येको दाबी गरेको छ । फोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम छ । फोनको फिङ्गर सेन्सर पावर बटनमा रहेको छ । फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्ट रहेको छ । दायाँतिर सिम कार्ड ट्रेमा दुई सिम कार्ड र एसडी कार्ड राख्न सकिन्छ ।

फोनमा ९० हर्जको रिफ्रेस रेटसहित फोनमा ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ ।  फोनमा युनिसक टाइगर टी६१२ चीपसेट रहेको छ । चिपसेटमा १२ एनएम प्रोसेस नोड छ भने, १.८ गिजाहर्ज पावर रहेको छ । ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ ।


क्यामेरा, स्टोरेज र ब्याट्री

नार्जाे एन५३ मा ५० मेगापिक्सलको एआई पछाडिको मुख्य क्यामेरा रहेको छ । यस्तै, सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । पछाडिको क्यामेराले १०८० पी र ३० फ्रेम प्रतिसेकेन्डको भिडियो खिच्न सक्छ भने अगाडिको सेल्फी क्यामेराले ७२० पी र ३० फ्रेम प्रति सेकेन्डको भिडियो खिच्न सक्छ । फोनमा ५००० एमएएचको ब्याट्री रहेको छ भने ३३ वाटको फास्ट चार्जिङ रहेको छ । फोनसँगै ११ भोल्टको चार्जिङ एडेप्टर, सी टाइप यूएसबी केबल, प्रोटेक्ट केस आउँछ ।

रियमल यूआई टी एडिसन रहेको एन५३ एन्ड्रोइड १३ मा आधारित छ । रियली नार्जाे एन५३ को ४ जीबी र्‍याम, ६४ जीबीको भेरियन्टको मूल्य १५,९९९ तोकिएको छ ।यस्तै, रियली नार्जाे एन५३ को ६ जीबी र्‍याम, १२८ जीबीको भेरियन्टको मूल्य १८,९९९ तोकिएको छ । दुवै फोन जुन ७ देखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९