काठमाडाैं । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज सार्वजनिक हुँदै छ । आज साँझ ६ बजे अर्थमन्त्री प्रकाशशरण महतले संसद बैठकमा बजेट टेबुल गर्ने कार्यतालिका छ ।
सरकारले हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ ।
यसअघि सरकारले जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भइसकेको छ ।