विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्न र्याली

दर्पण दैनिक २७ श्रावण २०८०,१६:४१
post

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीं खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्न र्याली आयोजना गरेको छ ।

आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि जनचेतनामुलुक र्याली सम्पन्न गरेको छ ।
प्राधिकरणको प्रधान कार्यालय रत्पार्कंबाट सुरु भएको विद्युतीय सवारी साधनको र्याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्पार्कमा पुगी समापन गरिएको थियो ।

¥यालीको उद्घाटन गर्दै उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामाग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्ने निती सरकारको रहेको बताए । उनले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारी साधन र सामग्रीको प्रयोग बढाउनु पर्नेमा जोड दिए ।


कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एसोसिएसनका अफ नेपालका पदाधिकारीहरु, विद्युतीय सवारी साधनका प्रयोकर्ताहरुलगायतका उपस्थिति थियो । र्यालीमा मन्त्री बस्नेत, सचिव घिमिरे,प्राधिकरण सञ्चालक समितिका सदस्यहरु, कार्यकारी निर्देशकलगायत सहभागी भएका थिए ।

प्राधिकरणले सहरी  क्षेत्रका लागि  विद्युतीय गाडि मात्र किन्ने नीति लिएको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई समेत विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको छ । प्राधिकरणले विद्युत् खपत अझ बढाउन तथा विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ । थप १३ वटा निर्माण प्रक्रिया अगाडि बढाइएको छ । त्यस्तै, निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने नीतिअनुरुप देशका विभिन्न ठाउंमा १ सयभन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन् ।

चार्जिङ स्टेसनको महशुसलमा विशेष सहुलियत प्रदान गरिएको छ । चार्जिङ स्टेसन रहने स्थानसम्म लाइन निःशुल्क निर्माण गरिदिने र २ सय केभिएसम्मको विद्युत प्राधिकरणको ट्रान्सफर्मरबाट दिने व्यवस्था गरिएको छ ।
विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्दै गएको छ । 

आर्थिक वर्ष २०७७/७८मा चार पाङग्रे सवारी साधन (कार, जिप) २४९ वटा आयात भएकोमा गत आर्थिक वर्षमा ४५७० वटा आयात भएको थियो । तीन वर्षमा आयात भएको सवारी विद्युतीय सवारी साधनको सङ्ख्या ६६२६ वटा रहेको छ । साथै, ६० वटा विद्युतीय बस आयात भएको छ । तीन वर्षमा ९७९० दुई पाङग्रे सवारी साधन आयात भएको छन् । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: