
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका १८ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज एक सूचना प्रकाशित गर्दै सात दिनभित्र कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, “आफूखुसी कार्यालयमा गैरहाजिर रही खोजतलास गर्दा पनि सम्पर्कमा नआएको र प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (९२०) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसकेको अवस्थामा समेत सम्पर्कमा नआएकाले यो सूचना सार्वजनिक गरिएको हो ।”
प्रहरी प्रधान कार्यालयले सो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिरीको कारण स्पष्ट गर्दै सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन सम्बन्धित प्रहरी कर्मचारीलाई आग्रह गरेको छ ।
त्यस अवधिभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावली अनुसार सेवाबाट हटाउने कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।
यी हुन् सम्पर्कविहीन प्रहरी
प्र.स.ह. निजामुद्धिन पठान
प्र. स. ह. देवराम लावड
प्रा. प्र. ज. पारस बुढा मगर
प्रा. प्र. ज. राजन घिमिरे
प्र. ज. उत्तमबहादुर विष्ट
प्र. ज. करनबहादुर चन्द
प्र. ज. कमल बीसी
प्र. ज. श्रीराम परियार
प्र. ज. अनिल विक
प्र.ज. अजित राई
प्र.ज. भूपेन्द्रसिंह ठगुन्ना
प्र. ज. अर्जुन धिताल
प्र. ज. अनिलप्रसाद यादव
प्र. ज. रोहुल्ला राय भाट
प्र. ज. कौशिला बोगटी
प्रा. प्र. ज. सञ्जय रुम्बा तामाङ
प्र. ज. दीपेन्द्र चौधरी
प्र.का.स. राहुलकुमार राउत मेहतर
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google