पाल्पामा गुडिरहेको स्कार्पियोमाथि पहिराे खस्दा प्रहरी सहायक हवल्दारसहित तीन जनाको मृत्यु, ७ जना घाइते

दर्पण दैनिक १३ भाद्र २०८०,११:२०
post

पाल्पा । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि पहिरो खसेको प्रहरीले जनाएको छ । 

स्कार्पियोमा रहेका ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । तीमध्ये सवारी चालक सामान्य घाइते भएका छन् । अरु सात जनाकाे घाइतेकाे उपचार भइरहेकाे छ । 

घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार ३२ वर्षीय यामबहादुर बोहोरा, पोखरा महानगरपालिका २५ का २९ वर्षीय विनोद तिम्सिना र गुल्मीको रेसुंगा नगरपालिकाकी ५० वर्षीया मनकला चुँदाराको मृत्यु भएको छ । 

घाइतेहरूको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको सूचना अधिकारी थापाले जानकारी दिए । 
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: