काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन् । अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी सिजी होल्डिङ्ग्सका कार्यकारी निर्देशक हुन् । सिजी होल्डिङ्ग्स अन्तर्गत सुजुकी चार पांग्रे सवारी चौधरी स्वयम्ले नेतृत्व गरेका कम्पनी हो भने गल्फ लुब्रिकेनटका वितरक तथा उत्पादक कम्पनी नेपाल ल्युब आयलका कार्यकारी निर्देशक पनि हुन् ।
आज अध्यक्ष चयन भएपछि चौधरीले भने, ‘सम्पूर्ण अटो सेक्टर अहिले निराशाजनक अवस्थामा छ, हामी सबै मिलेर कसरी यसलाई माथि ल्याउने ? त्यो पहिलो प्राथमिकता हुनेछ । नेपालभरी रहेका सम्पूर्ण कर्मठ अटो र अटोसम्बन्धि व्यवसायीको आवाजलाई अझै सशक्त बनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने छौं । सानो भन्दा सानो बिषयलाई ठुलो रुपमा अगाडी बढाउने छु ।’ कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेद्वारी दर्ता भएकाले सबै सदस्य पनि निर्विरोध चयन भएका छन् ।
नाडाको विधान अनुसार सदस्यबाटै पदाधिकारी चयन हुनेछन् । सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्विरोध चयन भएका छन् ।
संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्करराज ओझा निर्विरोध चयन भएका छन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google