काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढंगले निर्धारण गर्न माग गरेको छ । महासंघले श्रमिकको ज्याला निर्धारण गर्दा कम्तीमा २७ हजार हुनुपर्ने माग राखेको छ ।
महासंघका अध्यक्ष अर्जुन लम्सालले भने, 'न्यूनतम ज्याला श्रमिकले कसैसँग माग्ने र कसैले दिने विषय हैन । यो उनीहरूको अधिकारको विषय हो ।'
समाजवादउन्मुख मुलुकको परिकल्पना गर्ने तर श्रमिकलाई उचित ज्याला दिने विषयमा सधैँ आलटाल गर्ने गरेको विषयप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।