
काठमाडौँ । नेपाल सरकारले हालै जारी गरेको वस्तुको अधिकतम खुद्रा मूल्य तथा लेबलिङ सम्बन्धी व्यवस्थाका कारण पुष्प व्यवसायीहरूमाझ देखिएको अन्यौलता चिर्न र व्यवसायलाई व्यवस्थित बनाउन बिहीबार एक अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा बुद्धनगरस्थित आरम्भ रेष्टुरेन्टमा उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
पुष्प व्यवसायलाई थप पारदर्शी, कानुनसम्मत र व्यावसायिक बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा फ्यानमा आबद्ध पुष्प व्यवसायीहरूलाई विभिन्न प्राविधिक तथा कानुनी विषयमा विस्तृत प्रशिक्षण दिइएको छ ।
अन्तरक्रियामा पुष्पजन्य वस्तुहरूको बिक्री-वितरण गर्दा 'उपभोक्ता हकहित संरक्षण ऐन' बमोजिम अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (MRP) र लेबलिङ (Labelling) गर्नुपर्ने कानुनी प्रावधानहरूबारे व्यवसायीहरूलाई सचेत गराइएको थियाे ।
त्यस्तै, बजारमा स्वस्थ प्रतिस्पर्धा कायम राख्न तथा उपभोक्तामाझ मूल्यको आधिकारिकता एवं विश्वसनीयता स्पष्ट पार्न एमआरपी कसरी वैज्ञानिक र सही तरिकाले निर्धारण गर्ने भन्ने व्यावहारिक ज्ञान प्रदान गरियो । पुष्प व्यवसायीहरूले आफ्नो दैनिक कारोबार, आम्दानी-खर्च, र कर (VAT/Tax) सम्बन्धी रेकर्डहरूलाई कानुनी रूपमा चुस्त-दुरुस्त राख्न सकून् भनी आधुनिक लेखा प्रणालीबारे विशेष प्रशिक्षण दिइएको फ्यानका सचिव राजु तामाङले जानकारी दिए ।
फूलको विशिष्ट प्रकृति र व्यावहारिक चुनौतीमाथि बहस
फूलहरू शीघ्र नष्ट हुने र ओइलाउने (Perishable) प्रकृतिका हुने भएकाले सरकारको यो नियम हुबहु कार्यान्वयन गर्दा व्यवसायीहरूले भोग्नुपरेका व्यावहारिक समस्या र चुनौतीहरूमाथि कार्यक्रममा गम्भीर छलफल भएको छ । छिटो बिग्रने वस्तुको हकमा एमआरपीलाई कसरी व्यावहारिक बनाउने र यसका समाधानका उपायहरू के-के हुन सक्छन् भन्ने विषयमा सहभागीहरूबीच बृहत् अन्तरक्रिया भएको छ ।
यस कार्यक्रमले पुष्प व्यवसायलाई थप व्यावसायिक र पारदर्शी बनाउनुका साथै फूलको प्रकृतिका कारण आइपर्ने व्यावहारिक अड्चन सुल्झाउन सदस्य व्यवसायीहरूलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास फ्यानले लिएको छ। कार्यक्रमको समापन गर्दै फ्यानले प्रशिक्षण दिने प्रशिक्षकहरू तथा आफ्ना समस्या र सुझाव राख्ने सम्पूर्ण सहभागी पुष्प व्यवसायीहरूमा हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)













प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google