दृश्य सहकारीद्वारा दुग्ध किसानलाई अनुदान वितरण

दर्पण दैनिक २१ आश्विन २०८०,११:२२
post

ललितपुर । दृश्य बहुउद्देश्यीय सहकारीले दुग्ध उत्पादक किसानहरुलाई लिटर अनुदान वितरण गरेकाे छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमति प्रदेश, हेटौंडा दुग्ध उत्पादक किसानलाई प्रोत्साहन स्वरुप लिटर अनुदान कार्यक्रम दृश्य बहुउद्देश्यीय सहकारीले आव २०७८।७९ को प्राप्त गरेकाेले साे अनुदान वितरण गरेकाे हाे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति, सहकारी महासंघका संचालक, नेप्सकुनका पूर्व अध्यक्ष डि.बि बस्नेतको प्रमूख आतिथ्यता एवं सहकारीका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा विशिष्ट अतिथि भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरका प्रमूख कृष्ण कार्की र ललितपुर महानगरपालिकाका कार्यबाहक अध्यक्ष कृष्ण महर्जन लगायत अनुदान प्राप्त गर्ने किसानहरु सहित करिव १२० जनाको उपस्थिति रहेको थियो । 

प्रमूख अतिथि बस्नेतले आफ्नो मन्तव्यको क्रममा सहकारी एउटा माध्यम बनेर किसानको हितमा काम गरिरहेको बताए । सहकारीको साथमा किसानले आफ्नो हितमा काम गराउन सक्ने समेत बताए । 

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमूख कृष्ण कार्कीले बागमति प्रदेशको यो प्रोत्साहन अनुदान किसानको लागि हौसला प्रदान गर्न र थप हरेक वर्ष दुध उत्पादन बढाएर विक्रि गर्न भनि किसानलाई दिईएको अनुदानको सहि सदुपयोग हुनुपर्नेमा जाेड दिए । ललितपुर महानगरपालिका वडा नं. ११ का कार्यबाहक अध्यक्ष कृष्ण महर्जनले सहकारीले राम्रो काम गरेको र किसानमुखी रहेकोमा आफू अत्यन्तै खुशी रहेको बताए । 


सहकारीले १८ लाख २६ हजार ७ सय ६१ रूरपैयाँ अनुदान पाएको थियो । सो रकम १०८ जना किसानलाई बितरण गरिएको छ । अब अर्को वर्ष अझ योभन्दा बढी सहयोग गर्न सहकारी लागि पर्ने सहकारीका अध्यक्ष प्रल्हाद दाहाले बताए ।  उनले भने, 'सहकारीमा आबद्ध भएपछि सहकारीको नीति नियम मान्न अनिवार्य हुन्छ । हामीले कति कमाइयो भन्नुभन्दा पनि कति बचाइयो भन्ने कुरा प्रमुख हो ।' सबै किसानहरुलाई बधाई दिदै आगामी दिनमा अरु थप प्रोत्साहन प्राप्त गर्न आफूले सहयोग गर्ने अध्यक्ष दाहालले बताए ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: