काठमाडौं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको छ ।
चैत्र १५ गतेदेखि वैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनुपर्नेछ । साथै आफू जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानी बसाल्न पनि यस किसिमको योजना सञ्चालन गरिएको कम्पनीले जनाएको छ । २० दिनको अवधिमा अनलाइन मार्फत टिकट काट्ने यात्रुहरूमध्ये एक जनाले गोलाप्रथा मार्फत सुनको हार जित्न सक्नेछन् भने अर्का २ जना विजेताले कम्पनीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।
बस सेवाबाट नेपालका अधिकांश रूटहरूका बस टिकट अनलाइन मार्फत काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशन तथा अन्य सेवा प्रदायकका मोबाइल एप्लीकेशनबाट टिकट काट्न सक्नेछन् ।
नयाँ योजनाबारे बस सेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, ‘हामीले विगत देखि नै यात्रुहरूलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका छौँ । नयाँ वर्षमा यात्रुहरूको मुभमेन्ट पनि बढ्ने भएकाले यो समयमा टिकट काट्न झन्झट नहोस् भन्ने उद्देश्यले ओ अफर सार्वजनिक गरेका हौँ । अन्तिम अवस्थामा टिकट काट्नु भन्दा पनि अग्रिम रूपमा टिकट काट्दा जाने यात्रु, यातायात व्यवसायीलाई सहज हुने नै भयो, त्यसका साथै हामीलाई पनि व्यवस्थापन गर्न सहज हुने भएकाले अग्रिम टिकट बुकिङ गर्न आग्रह गर्दछौँ ।’
अनलाइनबाट टिकट काट्न बससेवाको मोबाइल एप्लीकेशन बाट टिकट काट्न सकिनेछ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । जसबाट १ सय ८० वटा बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google