
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने २४ वर्षीय मनिषराज खड्का, रूकुम पश्चिमको मुसिकोट नगरपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय विरेन्द्र खड्का रहेका छन् ।
उनीहरूले अमेरिका पठाई दिछु भन्दै २ जना पीडितबाट एक करोड ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका–९ बाट तथा मधु कुमार र विरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका–८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)

























































.jpg)













































































.jpeg)
























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google