परीक्षणका रूपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थाल्याे

दर्पण दैनिक १६ असार २०८०,०८:३१
post

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातका २२ वटा स्याउका बिरुवा ल्याए । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाएका छन्। सुरुमा लगाएका २२ बिरुवामध्ये दुईवटा मरे अहिले २० वटा बोटमा स्याउ फलेका छन् । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन्। दुर्गाबहादुरले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ कृषकले पनि बिरुवा लिएर लगाए ।


बिरुवा सप्रिँदै गएपछि धेरैको ध्यान स्याउ लगाउनेतर्फ जान थालेको छ। वर्षौँदेखि गाईभैँसी र खेतीकिसानी गरिरहेका ओलीले अहिले गाउँका अन्य स्थानीयलाई पनि स्याउ लगाउनुपर्छ भन्ने योजनामा पुर्‍याएका छन्। हाल उनको बगानमा २७ नयाँ बिरुवा र २० पोहोर साल लगाएका गरी ४७ स्याउका बोट छन्। दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन हुन्छ भन्ने पत्रिकामा पढेको भरमा ओलीले परीक्षणका लागि स्याउ लगाएका हुन्। अर्नाकोट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्छ। 

ओलीले कृषि निर्देशनालय गण्डकी प्रदेशबाट ७५ प्रतिशत अनुदानमा बिरुवा लिएर खेती सुरुआत गरेका हुन्। बागलुङमा अहिलेसम्म ढोरपाटन र निसेलढोरमा मात्रै व्यावसायिक रूपमा स्याउ उत्पादन हुने गरेको छ। निसीखोला, ताराखोलालगायत केही ठाउँमा स्याउ लगाए पनि राम्रो उत्पादन हुनसकेको छैन। अर्नाकोटमा परीक्षणका लागि लगाएका बिरुवाले फल दिन थालेपछि धेरै स्थानीय आकर्षित हुन थालेको दुर्गाबहादुर बताउँछन्। उनले अर्नाकोटमा सिँचाइको निकै ठूलो समस्या रहेको सुनाउँदै यसको व्यवस्थापन हुनसके राम्रो स्याउ उत्पादन गर्न सकिने बताए।

‘यहाँ यति राम्रो स्याउ होला भन्ने मैले सोचेको थिइनँ, यो ठाउँमा के–कस्तो हुन्छ एकपटक विचार गरौँ न भन्ने हिसाबले बिरुवा लिएर लगाएको, पोहोर जेठमा लगाएको अहिले नै फल दियो, यसले हामीलाई धेरै हर्षित बनाएको छ’, ओलीले भने, ‘सिँचाइको समस्याले गर्दा बिरुवा बचाउन निकै हम्मे भयो, खानेपानीको हाहाकार भएको ठाउँमा स्याउ लगायौँ, त्यही पनि बिरुवा बचाउन सफल भयौँ, सरकारले यहाँ सिँचाइको राम्रो व्यवस्था मिलाइदिने हो भने व्यावसायिक रूपमा धेरै स्याउ उत्पादन गर्न सकिने थियो।’

स्थानीय चेतबहादुर कुँवरले पनि अघिल्लो वर्ष २७ वटा बिरुवा लगाएका थिए। अहिले सबैले फल दिएको उनले बताए। कुँवरले लगाएकै सालमा फूल फुल्ने र अर्को सालदेखि फल दिने भनिए पनि सुरुकै वर्षमा फल दिन थालेको बताए। स्याउका पोथीभन्दा भाले जातका बिरुवा जोगाउन समस्या भएको उल्लेख गर्दै अहिले समाधान हुँदै गएको उनी बताउँछन्। गाउँमा अहिलेसम्म कसैले पनि स्याउ लगाउने सोच नबनाएको सुनाउँदै अहिले धेरैले बिरुवा खोज्न थालेको कुँवरले बताए। 


कुँवर भन्छन्, ‘यहाँ यसरी स्याउ फल्ला भन्ने पत्याएका थिएनौँ, तर अहिले चकित पार्ने गरी मसिनै बोटमा फल्यो, यसले हामीलाई हर्षित बनाएको छ, वर्षौँदेखि खानेपानी अभावमा गुज्रिएका हामीहरूलाई स्याउ उत्पादन हुने लक्षण देखिएपछि नयाँ आशा पलाएको छ, यहाँको मुख्य समस्या पानी हो, उत्पादनका हिसाबले यहाँ स्याउलगायत धेरै फलफूल तथा तरकारी फलाउन सकिन्छ।’ 

निसीखोला गाउँपालिकाका कृषि शाखा प्रमुख तारा परियारले स्याउ फल्न थालेपछि कृषकलाई आवश्यक प्राविधिक तथा अन्य सहयोग गाउँपालिकाले गरिरहेको बताए। अहिले यहाँका कृषकले तीन रोपनीमा एक सय ५० बिरुवा लगाएकामा अधिकांशले फल दिन सुरु गरेको उनले जानकारी दिए। परीक्षण सफल हुँदै गएको भन्दै अब अन्य कृषकले पनि स्याउखेती गर्न चाहेमा गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ छ। 

‘फुजी जातको स्याउ यहाँको हावापानी, वातावरण र ‘हाइट’का लागि एकदम राम्रो हुन्छ, कृषकले पनि हावापानी सुहाउँदो स्याउको जात छनोट गर्नुभयो, अहिले नै राम्रो फल देखिएको छ, यसको परीक्षण सफल हुन्छ भन्नेमा हामी ढुक्क छौँ’, परियारले भने, ‘त्यहीअनुसार स्याउ राम्रो हुँदै गयो भने भविष्यमा यो ठाउँ स्याउ उत्पादनका लागि प्रख्यात् हुने देखिन्छ।’

निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षौँ अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन भइरहेको थियो। अहिले गाउँपालिकाले निसेलढोरसँगै वडा नं ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ। चालु आर्थिक वर्षमा भौगोलिक बनावट, हावापानी र स्थानीयको मागअनुसार वडा नं ५ र ६ मा चार सय ५० स्याउका बिरुवा लगाइएको छ। गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु सात लाखबाट स्याउखेती विस्तार गर्न थालिएको हो। यस वर्ष निसेलढोरबाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाउन थालेको गाउँपालिकाले जनाएको छ। रासस

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: