
काठमाडौं । पूर्व प्रेमिकाको फोटो तथा भिडियो सार्वजनिक गरेर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरी साइबर ब्युरोले गोरखा भिमसेनथापा गाउँपालिका २ स्थायी ठेगाना भई हाल काठमाडौं तारकेश्वर नगरपालिका ४ बस्ने वर्ष २४ को भिमसेन भट्टलाई पक्राउ गरेको हो ।
ब्युरोका अनुसार रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, समय समयमा भेटघाटको क्रममा हामी बीच भएका क्रियाकलापको तस्विर तथा श्रव्य–दृश्य सम्पादन गरी, सामाजिक सञ्जाल मार्फत फेक प्रोफाईल बनाई फेसबुक तथा WhatsApp मार्फत सम्प्रेषण गरी चरित्रहत्या गरेको भन्दै एक पीडित महिलाले उजुरी दिएकी थिइन् ।
प्राप्त निवेदन माथिको अनुसन्धान तथा प्राविधिक विश्लेषण गरेर भट्टलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा मिति २०८० माघ ०७ गते काठमाडौं महानगरपालीका २७ बाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी पशुपति कुमार रायले जानकारी दिए ।















































































































































1667912853.jpg)















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)
























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google