काठमाडाैं । ललितपुरको गोदावरी नगरपालिकाले पर्यटक तथा स्थानीयलाई लक्षित गरी साझा बस सञ्चालन गरेको छ । सो बस सञ्चालनका लागि गोदावरी नगरपालिका र साझा यातायात सहकारी संस्थाबीच समझदारी भएको छ ।
गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष मिलन सिलवालका अनुसार बस लेले सातदोबाटो हुँदै रत्नपार्कसम्म पुग्छ । अहिले दैनिक चार वटा बस सञ्चालन गरिएको प्रवक्ता सिलवालले बताए ।
बस सेवाले दश हजार वडाबासीलाई मात्र नभई गोदावरी महालक्ष्मी तथा ललितपुर महानगर र यहाँ आउने पर्यटकहरूलाई सुविधा पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।