काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगी पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी (भान्छे, हजाम, सिलाई– बुनाई–कुचिकार) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट मिति २०७९ माघ २७ गते प्रकाशित विज्ञापनको अन्तिम नतिजा प्रकाशन गरएिको हो ।
काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय, महाराजगंजमा सञ्चालन भएको अन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका निम्न उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google