राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल

दर्पण दैनिक २८ पुष २०८०,०९:४८
post

ललितपुर । राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छन् । महासंघको ३१औं वार्षिक साधारणसभाबाट मल्ल निर्विरोध निर्वाचित भएकी हुन् । साधारणसभाको पहिलो दिन शुक्रवार साढे ६ बजेसम्मका लागि तोकिएको उमेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा मल्लको मात्रै उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन उपसमितिले उमेदवारी दर्ताका लागि शुरुमा ४ बजेसम्मका लागि समय तोेकेको थियो ।    
     
सहकारी महासंघको ३० वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष हुने अवसर मल्लले पाएकी छन् ।  महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेकी मल्ल महासंघको ३० वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशिल मल्ल नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सहकारी महासंघको सञ्चालक सदस्य बन्ने पहिलो नेपाली पनि हुन् । उनी अन्तर्राष्ट्रिय सहकारी महासंघको निवर्तमान सञ्चालक रहेकी छन् । 
      
महासंघको वरिष्ठ उपाध्यक्षमा रमेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत रहेका पोखरेल महासंघको सञ्चालक, उपाध्यक्ष हुदै वरिष्ठ उपाध्यक्ष भएका हुन् ।

खुल्ला तर्फको २ जना उपाध्यक्षका लागि ३ जनाको उमेदवारी परेको छ । खेमबहादुर पाठक, डि.बी. बस्नेत र शेषकान्त गौतमको उमेदवारी परेको निर्वाचत समितिले जनाएको छ । महिला उपाध्यक्षमा इन्दिरा पन्त निर्विरोध निर्वाचित भएकी छन् ।    
     
यस्तै ७ प्रदेश मध्ये सुदुरपश्चिम प्रदेश बाहेक ६ वटै प्रदेशका सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशबाट छत्र प्रसाद रिमाल, मधेश प्रदेशबाट शम्भु प्रसाद, बागमती प्रदेशबाट पार्वती न्यौपाने, गण्डकी प्रदेशबाट परितोष पौड्याल, लुम्बिनी प्रदेशबाट टिका न्यौपाने, कर्णाली प्रदेशबाट काशीचन्द्र बराल निर्विरोध निर्वाचित भएका छन् ।     
     
सुदुरपश्चिममा माधवप्रसाद जोशी र प्रेमसिंह भाटको उमेदवारी परेको छ । ५ जना महिला सञ्चालकमा हुमा कुमारी जिसी (अञ्जु), योगमाया सुवेदी, एकता शाह, कमला कुमारी सुवेदी पौडेल, शारदा दाहाल निर्विरोध निर्वाचित भएका छन् ।

४ जना खुल्ला सदस्यका लागि बद्रीप्रसाद लम्साल, प्रेमप्रसाद सुवेदी, होमनाथ जैसी, सुमन नेपाल, कृष्णबहादुर खत्री र सञ्जय कुमार शाहको उमेदवारी परेको छ । केन्द्रीय संघ र सहकारी बैंकका तर्फबाट निर्वाचित हुने ३ जना सञ्चालकहरुमा टेक प्रसाद चौलागाई, हरिहरनाथ योगी र नथुनी यादवको मात्र उमेदवारी परेकाले उनीहरु पनि निर्विरोध निर्वाचित हुनु भएका छन् ।     

महासंघको लेखा सुपरीवेक्षण समितिको संयोजकमा भीम प्रसाद तुलाचन तथा सदस्यहरुमा अम्मरनाथ न्यौपाने र हेम कुमारी अधिकारी निर्विरोध निर्वाचित भएका छन् । 

२ जना उपाध्यक्षका लागि ३ जना, खुल्ला सदस्यमा ४ जनाका लागि ६ जना र सुदुरपश्चिम सञ्चालकमा १ जनाका लागि २ जनाले उमेदवारी दर्ता गराएको र अन्य सबै पदमा आवश्यक संख्यामा मात्र उमेदवारी परेको निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ । निर्वाचन उपसमितिले शनिवार विहान १० बजेसम्मका लागि उमेदवारी फिर्ताको समय तोकेको छ । तोकिएको समयसम्म सहमति नभएमा ५ पदका लागि निर्वाचन हुने जनाइएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: