ग्लोबल आईएमई बैंक सम्मानित

दर्पण दैनिक २५ जेष्ठ २०८०,२१:१७
post

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिडेट इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको बैंकले जनाएको छ ।


इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ्ग टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरुलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजिमा सृजनशिलता जस्ता बुँदाहरुलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको छ ।

ग्लोबल आईएमई बैंक डिजिटल टान्सफरमेसन, टेक्नोलोजिमा नवीनता एवम् उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैंकिङ्ग मार्फत सेवा प्रवाह गर्ने उत्कृष्ट बैंक भएकाले यो अवार्ड प्रदान गरिएको हो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: