धापाखेलस्थित नागदहमा लाग्ने नाग पञ्चमी मेलाको तयारी पूरा

दर्पण दैनिक १२ श्रावण २०८२,२१:३५
post

ललितपुर । हरेक वर्षको साउन शुक्ल पञ्चमीका दिन मनाईने नागगपञ्चमी पर्वमा धापाखेलस्थित नागदहमा लाग्ने नाग पञ्चमी मेलाको तयारी पूरा भएको छ । 

ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदहमा मंगलबार लाग्ने मेलाको तयारी लगभग पुरा भएको सो वडाले जानकारी दिएको छ । मेलाको मूल आयोजक रहेको वडा नम्बर २४ को संयोजकमा वडाअध्यक्ष दिनेशजंग पाण्डे रहेका छन् । 

मेलालाई केन्द्रित गरेर सरसफाई, बाटोको खाल्डाखुल्डी पुर्ने , नागदह छेउमा रहेको नागमन्दिरलाई रंगरोगन र वरपर ध्वजा–पतकाले सिंगार्ने काम सम्पन्न भएको छ । नागपंचमी मेलालाई ब्यवस्थित पार्न नागदह भित्र रहेका जलकुम्भि झार हटाइएको वडा अध्यक्ष पाण्डेले जानकारी दिए । उनका अनुसार नागदहको मेलालाई केन्द्रित गरेर दहको छेउछेउका भागमा रहेका अनावश्यक झार र पात हटाउन स्थानीय यूवाहरुलाई लगाइएको छ ।

 नागदहभित्रको जलकुम्भी जार , सिसि, बोतल , प्लाष्टिक लगायतका फोहोरको ब्यवस्थापन चक्रपथ सफाइ अभियान अन्र्तगत सिर्जनशिप सेवा प्रालि , वडास्थित महिला समूह , नगरप्रहरी , गिरी समाज लगायतले गरेको उनले बताए । 

मेलाका दिन विहान ३ बजेदेखि नै भक्तजनहरुलाई दर्शनको ब्यवस्था गरिने उनले बताए । यदि भक्तजनको चाप भएमा स्वयंसेवकलाई लाइनको ब्यवस्थापन गर्न लगाइने वडा अध्यक्ष पाण्डेले बताए । 'जाल्पा माविको स्काउट ग्रुप, महिला समूह र नगर प्रहरी लगायतले स्वयंसेवकको भूमिका निर्वाह गर्नेछन्’ उनले भने,  'हामीले करिब ५० हजार जति भक्तजनले अवलोकन गर्ने अनुमान गरेका छौँ ।' 

सवारी साधन ब्यवस्थापनका लागि सातदोवाटो ट्राफिक प्रहरी र धापाखेल प्रहरी प्रभागले जिम्मा सम्हाल्नेछन् । निशुल्क पार्किङका लागि समावेशी टोल, र जल्पा स्कुलमा ब्यवस्था मिलाइएको छ । 

नागपञ्चमी मेलाका लागी महानगरपालिकाको सांस्कृति र पर्यटन शाखाबाट डेढ  लाख आएको वडा अध्यक्ष एवं संयोजक पाण्डेले जानकारी दिए । ‘यसबाटै मेला अवधीका सम्पूर्ण खर्च गछौँ, ’ उनले भने , ‘त्यो बजेट अपुग भएमा आवश्यकता अनुसार वडाबाट पैसा निकासा गछौँ ।'

मेला ब्यवस्थापनका लागि अघिपछि जस्तो उपसमिती बनाएपनि विभिन्न ब्यक्ति तथा संस्थालाई पनि विभिन्न जिम्मेबारी दिइएको उनले बताए । स्वास्थ्य उपचारका लागि धापाखेल हेल्थपोष्ट, रेडक्रस र सुमेरु अस्पताललाई जिम्मा दिइएको वडा सदस्य उद्धव बस्नेतले जानकारी दिए । 

मन्दिर सजावट र वत्ति ब्यवस्थापनको जिम्मेबारी महेश कुमार गिरी र देवेन्द्र गिरीलाई दिइएको छ ।  मन्दिरभित्र पूजाआजा र रुद्री पाठका लागि डोल प्रसाद पराजुली र शिव गिरीलाई तोकिएको वडा अध्यक्ष पाण्डेले जानकारी दिए ।  स्थानीय दिपक गिरी र राम कार्किको नेतृत्वमा बजार ब्यवस्थापनको टिम बनाइएको छ । 
नागदह मेलाका क्रममा पौडी खेलेर या स्नान गर्ने क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै विपद् तालिम लिएका पूर्व आर्मी गोर्कण प्रसाद अधिकारीको नेतृत्वमा टोली बनाइएको छ । 

आउने भक्तजनलाई प्रसाद वितरण गर्नका लागि वडा सदस्य उद्धव बस्नेतलाई जिम्मा दिइएको छ । मेलाका दिन महानगरका प्रमुख, उपप्रमुखसहित सबै वडाका वडा अध्यक्ष र सदस्यहरु, छिमेकी नगरपालिकाका प्रमुखु उपप्रमुख तथा संघीय सांसदहरु, प्रदेश सांसदहरु लगायत जिल्ला भित्रका सरकारी कार्यलय र सुरक्षा निकायका प्रमुख र अन्य प्रतिनिधीलाई पनि डाकिएको वडा सदस्य हरिकृष्ण मर्हजनले जानकारी दिए । 

अतिथी सत्कारका लागि वडाका महिला सदस्य र कर्मचारीलाई जिम्मेवारी दिइएको उनले बताए । उनका अनुसार स्व पूजारी राम गिरीको घरबाट नाग दहमा पीत्तलको नागको प्रतिमा नागदहमा ल्याइन्छ र त्यसलाइ पूजा गरिन्छ । राती भएपछि फेरी बाजा गाजासहितको टोलीले फेरी स्व गिरीकै घरमा लगेर राखीदिन्छन् । 

नाग भगवानलाई रिझाए  राम्रो हुने जनविश्वास अनुसार त्यहाँ बासुकी नागको पुजा आजा गरिने गरिएको छ । 'नाग पन्चमीमा नागदहमा आइ नागको दर्शनसँगै स्थान गरे घरमा सुख शान्ति मिल्ने, अन्नवाली सप्रने र छाला सम्बन्धी रोग निको हुने जनविवास छ', वडा अध्यक्ष पाण्डेले भने । 

मेला भर्न उपत्यका र त्यस आसपासका जिल्लाबाट भक्तजनहरु आइ दहमा स्नान गर्नुका साथै विभिन्न भाकलहरु राखी नाग मन्दिरमा पूजा गर्ने तथा दर्शन गर्ने चलन छ । मेलामा धापाखेल, झरुवाराशी, चापागाँउ, ठैव, हरिसिद्धी, लुभु, लेले, गोदावरी, छम्पि, सातदोबाटो लगायतबाट भक्तजनहर आउने गरेका छन् । 

५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक दह  नागदहको गहिराई समग्र २५ फिट भएपनि वीच भागमा ४१ फिट रहेको छ । दहको चौडाई ९ सय ३७ मिटर रहेको समितीले जनाएको छ । 

परापुर्वकालमा तालको रुपमा रहेको काठमाडौँको पानी चोभारका गल्छीबाट पठाइएपछि स्वतः निर्मित दहको आफ्नै छुट्टै महत्व रहेको छ । 

आदिकालमा काठमाडौँ उपत्यकाका तीन सहर जलमय भइरहेको बेलामा मञ्जुश्रीले चोभार र बाँडेगाउँको पहाडलाई तान्त्रिक बिधिबाट छेदन गरी पानी बाहिर पठाएको किम्बदन्ती छ । 

त्यसरी पानी बाहिर पठाउँदा नाग राजा पनि बाहिर जाने भएकोले दह बनाएर नागराजालाई राखिएको र त्यही दह धापाखेलस्थित नागदह भएको इतिहास सम्बन्धी पुस्तकहरुमा उल्लेख छ । 

नागदह धार्मिक एवं सांस्कृतिक क्षेत्रका साथै राष्ट्रिय सिमसार क्षेत्र समेत रहेकाले यहाँ विभिन्न स्थानबाट आउने आगन्तुक पन्छिको समेत बासस्थान रहेको छ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: