रुकुम पूर्व । नेपाल प्रहरीका डिएसपी उमा शंकर यादवले जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग)काे जिम्मेवारी सम्हालेका छन् । साे क्रममा उनले जिल्ला तथा मातहतमा रहेका प्रहरी कर्मचारीलाई उत्कृष्ट काम गर्नलाई निर्देशन समेत दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट सरुवा भई रुकुम पूर्वीको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमा शंकर यादवलाई जिल्लामा कार्यरत प्रहरी निरीक्षक, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुद्वारा स्वागत गरिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google