काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका १२ सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विभागको महानिर्देशकदेखि भन्सार कार्यालयका प्रमुखहरू फेरेका हुन् ।
सहसचिव सुमन दाहाल अर्थ मन्त्रायको बजेट तथा कार्यक्रम महाशाखामा भित्रिएका छन् । उनी हालै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकबाट अर्थ मन्त्रालय सरूवा भएका थिए ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईलाई मन्त्रालय तानिएको छ । उनी ६ महिनामै भन्सार विभागबाट मन्त्रालयमा तानिएका हुन् ।
टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा पठाइएको छ । यो महाशाखाका सहसचिव श्यामप्रसाद भण्डारीलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google