काठमाडाैँ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा डिआईजी कार्कीले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिए ।
निर्देशनको क्रममा डिआईजी कार्कीले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने तथा आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण कार्यमा खटिन र बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन निर्देशन दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google