
काठमाडौँ । सरकारको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत प्रस्तावित परियोजनामध्ये १ हजार ३०१ वटा प्रारम्भिक छनोटमा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले शुक्रबार सूचना प्रकाशित गर्दै प्रारम्भिक रूपमा छनोट भएका परियोजनाहरूको नामावली सार्वजनिक गरेको हो । प्रतिष्ठानका अनुसार प्रारम्भिक सूचीमा कृषि, पशुपालन, प्रविधि, पर्यटन तथा उत्पादनमूलक क्षेत्रसँग सम्बन्धित विभिन्न स्टार्टअप परियोजनाहरू समेटिएका छन् । तीमध्ये कृषि तथा पशुपालन क्षेत्रका परियोजनाहरूको संख्या सबैभन्दा बढी रहेको जनाइएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले स्टार्टअप कर्जा शीर्षकमा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि गत कात्तिक १९ गते देशभरबाट आवेदन आह्वान गरिएको थियो । उक्त कार्यक्रममा कुल १० हजार २४४ वटा आवेदन परेका थिए । तीमध्ये ८ हजार २०३ वटा अनलाइनमार्फत र २ हजार ४१ वटा भौतिक रूपमा दर्ता भएका थिए ।
प्रारम्भिक छनोटमा परेका प्रस्तावकहरूले अब अन्तिम छनोट प्रक्रियाका लागि थप व्यावसायिक विवरण पेस गर्नुपर्नेछ । प्रतिष्ठानले स्थलगत निरीक्षण, फोटो तथा भिडियो प्रमाण र थप प्राविधिक मूल्याङ्कनका आधारमा अन्तिम सूची तयार पारिने जनाएको छ ।
यसका लागि प्रस्तावकहरूले प्रतिष्ठानको आधिकारिक वेबसाइटबाट तोकिएको ढाँचा डाउनलोड गरी आफ्नो व्यवसायसम्बन्धी पूर्ण विवरण भर्नुपर्नेछ । उक्त विवरण आगामी वैशाख २३ गतेभित्र तोकिएको ह्वाट्सएप नम्बरमार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ । निर्धारित समयसीमाभित्र आवश्यक विवरण नबुझाउने प्रस्तावकहरूको आवेदन स्वतः अमान्य हुने प्रतिष्ठानले स्पष्ट पारेको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)











































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google