काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली सेवा निवृत्त भएका छन् । प्रहरी नियमावली–२०७१ अनुसार एआईजीले ५६ वर्षको उमेरमा अवकाश पाउने प्रावधान अनुरूप ज्ञवालीले उमेरहदका कारण आज (मंगलबार) सेवा निवृत्त भएका हुन् ।
प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच ज्ञवालीलाई बिदाइ गरिएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ज्ञवालीलाई फूलमाला लगाएर बिदाइ गरे ।
प्रदेश समन्वय विभागमा कार्यरत ज्ञवालीले प्रहरी सेवामा रहँदा जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो लगायत महत्वपूर्ण कार्यालयमा काम गरेका थिए ।
उनी प्रहरीमा भर्ना भएको आगामी चैत ५ गते मात्रै ३० वर्ष पूरा हुन्छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google