राष्ट्र बैंककाे कारबाहीमा परे यी ६ बैंक तथा वित्तीय संस्था (नामसहित)

दर्पण दैनिक १३ माघ २०८०,१६:०१
post

काठमाडौं । केन्द्रीय बैंकको नियम उल्लंघन गर्ने आधा दर्जन बैंक तथा वित्तीय संस्था कारबाहीमा परेका छन् ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा (पुस मसान्तसम्म) मा केन्द्रीय बैंकको नियम उल्लंघन गर्ने आधा दर्जन बैंक तथा वित्तीय संस्था कारबाहीमा परेका हुन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई विभिन्न नियम उल्लंघन गरेकामा कारबाही गरेको हो ।


राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजत प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. १५/०७९ को बुँदा नं. ३(८) को व्यवस्थाविपरीत प्रिमियम दर बढाएर ग्राहकबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा कतिपयले फिर्ता नगरेको र आव २०७९/८० मा पुन: निर्देशनविपरीत प्रिमियम दर बढाइएको, सोही एकीकृत निर्देशनको निर्देशन नं. २/०७९ अनुसार कर्जा दुरुपयोग भएको, व्यवसाय सञ्चालनमा नरहेको, लिलामी प्रक्रियामा रहेको, डी/ई रेसियो नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, सोही एकीकृत निर्देशनको निर्देशन नं. २/०७९ को बुँदा नं. ८ (५) को व्यवस्थाविपरीत पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दा निष्क्रिय कर्जाहरुको समेत पुनरतालिकीकरण/पुनरसंरचना गरी उक्त कर्जाहरुलाई सक्रिय कर्जामा वर्गीकरण गरेको पाइएकाले ग्लोबल आईएमई र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम नसियत दिइएको छ।

साथै उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमनन गरी राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ६र०७९ को बुँदा नं. २ को सञ्चालकरसञ्चालक समितिको कर्तव्य र उत्तरदायित्वसम्बन्धी निर्देशनको खण्ड (घ) को पालना नगरी यस बैंकबाट जारी निर्देशन उल्लंघन गरेको हुँदा बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: