मलेखु । खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले बर्सेनि नाश बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका छन् ।
बाँदरले नष्ट पारेका मकैका बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी आसपासका किसानले सदरमुकाम धादिङवेसीमा प्रदर्शन गरेका छन् । मकैको बोटको माला बनाएर घाँटीमा झुण्ड्याउँदै प्रदर्शनमा उत्रिएका किसानले कृषि मन्त्रीको राजीनामा माग गरेका छन् ।
विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आए पनि कुनै पनि सरकारले बेवास्था गरेको उनीहरुको भनाइ छ । बर्सेनि खेतबारीमा लगाएको अन्न र फलफूल बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित भएका हुन् ।
‘बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ’ बाँदर नियन्त्रणको माग गर्दै शुक्रबार धादिङवेसी आइपुगेकी टीकाकुमारी श्रेष्ठले भनिन्, ‘बारीमा जे लगाए पनि बाँदरबाट जोगाउन सकिदैन, बर्सेनि दुःख गर्यो फल खान पाइएन, यो वर्ष पनि अनिकाल पर्ने भयो ।’
अहिले मकैमा चमरा लाग्ने बेला भएको छ। निगालपानी आसपासका किसानले लगाएमो मकैमा बाँदरको रजाइँ छ । ‘दुःख गर्यो, मल हाल्यो खेती गर्यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्यो बर्सेनि बाँदरले सखाप बनाउँछ’, किसान देवीप्रसाद रिजालले भने, ‘हाम्रो समस्यालाई सरकारले ध्यान दिएन, कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस् ।’
बाँदरले मकै नाश गरेको मकैको बोटकै माला लगाएर किसान सदरमुकाम धादिङबेँसीमा रहेका सरकारी कार्यालयको गेटगेटमै नारा लगाउँदै हिँडेका हुन् । रासस





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)


















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google