
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाले आत्मसमर्पण गरेका छन् । सोमबार काठमाडौं प्रहरी परिसर टेकु पुगेर उनले आत्मसमर्पण गरेका हुन् ।
परिसरका प्रवक्ता एसपी सीताराम रिजालले आङ्टावा शेर्पा प्रहरी कार्यालयमा आएको पुष्टी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको थियो ।
हिरासतमा रहेका आरोपितलाई भेटेर यस मुद्दामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न भन्दै प्रभावमा पारेको आरोप उनीमाथि लागेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डेसहित १३ जना पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google