काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डीआईएजी इन्ड्रष्ट्री जीएमबीएच, जर्मनीबीच समझदारी भएको छ ।
सम्झौतापत्रमा बिहीबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र डीआइएजी इन्ड्रष्ट्री जीएमबीएचका प्रबन्ध निर्देशक बेञ्जामिन बेकरले हस्तारक्षर गरेका हुन् ।
सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, डीआईएजी इन्ड्रष्ट्री जीएमबीएचको प्रस्तावका आधारमा लगानी बोर्डको २०७८ चैत १७ मा सम्पन्न ५०औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३औँ बैठकबाट स्वीकृत भएको थियो ।
सम्झौताअनुसार डीआईएजी इन्ड्रष्ट्री जीएमबीएचले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डलाई बुझाउनु पर्नेछ ।
डीआईएजीले प्राकृतिक ग्यास ‘इलेक्ट्रोलाइसिस’ वा ’हाइब्रिड’ प्रविधिमध्ये उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ ।
उल्लेखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि ७१ करोड ४० लाख अमेरिकी डलर लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
साथै, आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख छ ।
उक्त समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका सीईओ भट्टले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वन र दीगो रूपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गरेका छन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google