काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिस्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दंगा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी (माओवादी) का सिपी गजुरेल र पूर्वगभर्नर डा.दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गर्ने नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्ने अन्यमा धादिङ सलाङ गाउँपालिका–४ घर भई काठमाडौं बस्ने ३० वर्षीय सन्तोष राजावादी, बाँके कोहलपुर महानगरपालिका–१ का २८ वर्षीय सतिश राजावादी, रामेछाप सुनपाती–५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा–१० का २७ वर्षीय क्षितिज चौलागाईं, पाल्पा रामपुर–५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगड–४ का २८ वर्षीय सुजन राजावादी, सोही ठाउँका २० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन् ।
उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिकरूपमा नाराबाजी गरेका थिए ।
पूर्वप्रधानमन्त्री खनालविरुद्ध उक्त समूहले आक्रोशित हुँदै नाराबाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना पार्टीका सम्मानित नेता झलनाथ खनालमाथि भएको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ ।
पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधरले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सम्मानित नेता खनालमाथि केही पुनरुत्थानवादीहरूका मतियार अराजक तत्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले होहल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुव्र्यवहार र अपमानित गरेको भन्दै आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा उक्त घटनामा संलग्न रहेका उच्छृंखल तत्वहरूलाई सरकारले कठोर कारवाही गरोस् भन्ने पनि माग गरिएको छ ।
‘हिजो मिति २०८० जेठ १६ गते आयोजित एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरुत्थानवादीहरूका मतियार अराजक तत्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले होहल्ला गर्ने तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ, उक्त घटनामा संलग्न उच्छृंखल तत्वहरूलाई सरकारले कठोर कारवाही गरोस् भन्ने पनि माग गर्दछ’, सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै सोही घटनाप्रति युवा संघ नेपालले पनि सम्मानित खनालमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युवा संघ नेपालका महासचिव दिपक जिएमले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको अनामनगरमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालमाथि ज्ञानेन्द्र शाह समर्थक केही युवाहरूले चर्को नाराबाजी गर्दै अभद्र व्यवहार गरेको घटनालाई लिएर युवा संघ नेपालले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाएका हो ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)
























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google