काठमाडौं । प्रहरीले भन्सार छलेर ल्याइएका गाडीहरू बरामद गरिएको जनाएको छ । प्रहरीका अनुसार अपरिचित व्यक्तिहरूले विभिन्न गाडी र मोटरसाइकल भन्सार छलेर चोरी पैठारी गरी नेपालमा ल्याएर काठमाडौंका विभिन्न स्थानमा वेबारिसे अवस्थामा छाडेको सूचना प्रहरीले पाएको थियो ।
त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानहरूबाट विभिन्न गाडी र मोटरसाइकलहरू बरामद गरेको हो ।
बरामद गरिएका सवारी साधन आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google