काठमाडौं । श्रीगजेन्द्रमोक्ष नारायण भगवानको चतुर्थ ब्रह्मोत्सव समापन भएको छ । गत ११ गते बिहिवार नवलपुरको त्रिवेणीमा अवस्थित गजेन्द्रमोक्ष दिव्यधामा सो ब्रह्मोत्सव सम्पन्न भएको हो । अनन्त श्रीविभुषित मुक्तिनाथ पीठाधिश्वर स्वामी श्रीकमलनयनाचार्य (मुक्तिनाथ बाबा) को मंगलाशासन पुर्वक उत्तराधिकारी करपात्री स्वामी श्रीकृष्ण प्रपन्नाचार्य, स्वामी श्रीदेवराजाचार्य आदि आचार्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
श्रीमद्भागवत महापुराणका अनुसार पौराणिक कालमा सो क्षेत्रमा भगवान नारायणले ग्राहलाई मोक्ष दिई गजेन्द्रको उद्धार गरेको व्याख्या गरिएको पाईन्छ ।
त्यस्तो दिव्यक्षेत्र गजेन्द्रमोक्ष धाममा पाञ्चरात्र आगम शास्त्र पद्धतिद्वारा दक्षिणभारतीय यज्ञाचार्यहरुद्वारा उक्त महायज्ञ सम्पन्न भएको थियो । महायज्ञमा विभिन्न क्षेत्रबाट हजारौं भक्तसज्जनहरुको उपस्तिथि रहेको थियो । महायज्ञमा श्रीगजेन्द्रमोक्ष–संस्कृत–परिषद्ले स्वयंसेवकीय भुमिका निर्वाह गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google