काठमाडौ । 'नेपाल र नेपालीको जापानमा पहिचान, नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन' भन्ने मूल नाराकासाथ प्रथम नेपाल फेस्टिवल २०२५ हुने भएको छ । उक्त फेस्टिवल अप्रिल २६ र २७ मा जापानको कान्साइमा हुने भएको हो ।
नेपालको कला, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रवासमा पनि निरन्तरता दिने उद्देश्यले एनआरएन अर्थात गैर आवासीय नेपाली कान्साइको मुल आयोजना तथा नेपाली जनप्रगतिशिल जापानको सहआयोजनामा हुन लागेको जापानस्थित जेनी शेर्पाले दर्पण दैनिकलाई जानकारी दिएकी छन् । शेर्पाले कार्यक्रम सफलताको अग्रिम शुभकामना दिँदै जापानमा बसोबास गर्ने सबै नेपालीहरुलाई 'प्रथम नेपाल फेस्टिवल २०२५' मा सहभागी हुन आह्वानसमेत गरेकी छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google