काठमाडाैं । पायोनियर मोटो कर्पले आफ्ना निशान गाडीका ग्राहकहरूको सुविधाका लागि 'निशान सुरक्षा' प्याकेज घोषणा गरेको छ । कम्पनीले निशान किक्स र निशान म्याग्नाइट गाडीहरूका आफ्टर-सेल्स सेवा दिनका लागि यो योजना ल्याएको बताएको हो ।
यो सेवा हाल निशान गाडी चढिरहेका ग्राहकहरूलाई एक अद्वितीय र कम खर्चिलो आफ्टर-सेल्सको प्याकेज हो, जसले झन्झटमुक्त मर्मतसम्भारको सुविधा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । यो प्याकेजले निशान गाडीका ग्राहकहरूलाई किफायती र सुविधाजनक सेवा पुर्याउने तरिकालाई पनि अवलम्बन गरेको छ ।
पायोनियर मोटो कर्पले ग्राहकको गाडीलाई उचित रूपले जाँच गर्ने उपकरण, जेनुइन स्पेयर पार्ट्स, र प्राविधिक ज्ञान भएका मेकानिकहरूबाट नै सेवा पुर्याउने कुरा सुनिश्चित गरिएको जनाएको छ । यो प्याकेज गोल्ड र सिल्भर गरी दुई भागमा बाँडिएको छ । सिल्भर प्याकेजमा नि:शुल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टर आदि समाविष्ट गरिएको छ भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाहरूका साथै ह्विल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्ट र अन्य विभिन्न सुविधाहरू समावेश रहेको कम्पनीले बताएको छ ।
दुवै प्याकेजहरूमा नि:शुल्क २४-घण्टे रोडसाइड असिस्टेन्स पनि समावेश छ, जसले ग्राहकहरूलाई आपत्कालीन समयमा मद्दत गर्दछ । यसका साथै बडी पार्ट्स र शुल्कमा पनि १० प्रतिशतसम्मको छुट समावेश गरिएको छ । यो सेवा नेपाल अधिराज्यभर रहेका निशानका सम्पूर्ण सर्भिस सेन्टरहरूमा उपलब्ध रहेको जनाइएको छ ।