बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौं - अर्थमन्त्री

दर्पण दैनिक १० पुष २०८०,१८:४८
post

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७औं चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार सौराहामा उद्घाटन गर्दै उनले आवश्यक बजेट मन्त्रालयले माग गर्ने व्यवस्था भइरहेको भन्दै आन्तरिक बजेटमा अनुशासनहीनता घट्ने बताए । 

‘तीन करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन । एक करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, एक करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ,’ उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको छ । अर्को वर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकेदारले दाबी गर्ने परम्पराको अन्त्य हुनेछ । जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’ 

अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउने, ब्याजदर घटाउने भन्दै उनले उपभोक्ताले उपभोग गर्न गाह्रो मान्न नपर्ने बताए । अहिले आर्थिक सूचकहरु विस्तारै सकरात्मक भई बढी पर्यटक आगमन पनि बढेको भनाइ उनले राखे ।  

जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले मुलुकको अर्थतन्त्रलाई अर्को तहमा पु¥याउने भन्दै उनले स्वदेशमै लगानी र प्रतिफलको अवसर खोज्न सकिने बताए । ‘जलविद्युत, कृषि व्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पु¥याउँछ । अवसर यहीँ छ, युवाहरुले सूक्ष्म दृष्टिले यहाँका अवसरहरु खोज्नुपर्छ । यो देशमा धेरै गर्न बाँकी रहेकाले अवसर यहीँ छ,’ उनले भने । 

मन्त्री महतले चितवनका आदिवासी थारुहरुलाई सम्बोधन गर्दै जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन उनीहरुको ठूलो भूमिका रहेको बताए । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: