'माटो'को सातौं स्टोर बुढानीलकण्ठमा, छुट र विशेष उपहारको व्यवस्था

दर्पण दैनिक ७ भाद्र २०८०,११:४६
post

काठमाडौं । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरण गर्दै आइरहेको माटोले बुढानीलकण्ठमा सातौँ स्टोर स्थापना गरेको छ । माटोको बुढानीलकण्ठको देउवा चोकमा आफ्नो ७औँ स्टोर सञ्चालनमा ल्याएको हो ।

आफ्नो ७औँ स्टोर स्थापनाका क्रममा ग्राहकलाई उत्कृष्ट छुट र विशेष उपहारको व्यवस्था गरिएको थियो । माटोले मात्र नेपाली र रासायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

यसअघि काठमाडौँको बानेश्वर, नक्साल, नारायणथान, गोल्फूटार तथा ललितपुरको झम्सिखेल र सानेमामा माटोका स्टोरहरू सञ्चालन भइरहेका छन् । माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहित उत्पादन आपूर्ति गरिरहेको छ । माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको कम्पनीले जनाएको छ ।

माटोका अध्यक्ष पवनकुमार गोल्यानले भने, ‘किसानले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन् भन्ने थाहा पाएपछि यो यात्रामा मा लागे । किसानका भोगाई र सङ्घर्षको जीवन्त अवलोकन पछि किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको हो ।’ माटोको स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्यको साथ गरिएको गोल्यानको भनाई छ ।

गोल्यानले भने, 'मानवजीवनलाई स्वास्थ्य र तन्दुरुस्त बनाउने क्षमताको अमिवृदी माटोको मान्यताको केन्द्रबिन्दु हो । माटोको आरम्भिक प्रस्तावहरू गोल्यान एग्रो फार्मबाट अर्गानिक रूपमा उत्पादित फलफूल र तरकारीमा आधारित, विषादिरहित उत्पादनहरूको प्रवर्द्धन गर्ने ब्रान्डको रुपमा परिचित भएको थियो । माटोले वातावरणमैत्री खेती विधि प्रवर्द्धकको रूपमा जैविक खेतीलाई प्रोत्साहित गरेर, विषादियुक्त रसायन वा मल प्रयोग गरेर उत्पादन गर्ने बिधिलाइ निरुत्साहित गर्दछ भन्ने माटोको विश्वास छ ।'

माटोका स्टोरहरुमा आशापुरी अग्र्यानिकका उत्पादनहरु पनि खरिद गर्न सकिनेछ । आशापुरी विगत दुई दशकदेखि प्रागारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । हाल माटो र आशापुरी दुबै कम्पनी जनता एग्रो एण्ड फरेष्ट्री प्रालिमातहतमा रहेका छन् । माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: